विराटनगरमा महावीर पुनको पहिलो दिन, महेन्द्रचौकमा उभिएरै चार सय पुस्तक खरिद बिक्री

<span class='c1'>विराटनगरमा महावीर पुनको पहिलो दिन, महेन्द्रचौकमा</span> <span class='c2'>उभिएरै चार सय पुस्तक खरिद बिक्री</span>

इन्दु साह
विराटनगर । विराटनगर स्थित महेन्द्र चौकमा बिहीबार निक्कै भीड देखियो । विद्यार्थी, युवा, महिला र ज्येष्ठ नागरिक समेत त्यो भीडमा देखिएका थिए । हुन त महेन्द्र चौकमा यस्तो भिडभाड देखिनु कुनै नौलो कुरा भने होईन । यहाँ अन्य समयपनी केहि न केहि कार्यक्रम भईनै रहन्छन् ।

तर, बिहीबारको कार्यक्रममा न त कुनै पार्टीका शिर्ष नेता थिए, न त कुनै चलचित्रका सेलिब्रेटी । यहाँ आएका हरकेहिको हातमा किताब देखिन्थ्यो । त्यो पनि तुरुन्तै किनेर त्यसका लेखकसँग फोटो खिचाइन्थ्यो । किताब बिक्री भईरहेको स्थानमा पुगेर पाठकले लेखकबाटै किनेर फोटो खिचाउलाई त्यहाँ थिए, डा. महावीर पुन ।

विराटनगरको महेन्द्र चौकमा महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्दै आईपुगेका हुन् । अहिले देश खस्कदो अवस्थामा युवाहरु विदेशिरहेका बेला महावीर पुनले आफ्‌नै देशमा युवाहरुकोलागि रोजगारीको अवसर खुलाउनुपर्छ भन्दै दिनरात खटिरहेका छन् । उनलाई आम नागरिककै शैलीमा पुस्तक बिक्रेताको रुपमा त्यहाँ देखिन्थ्यो । उनको बोलि, बचन सामान्य । सादा जीवन उच्च विचार भन्ने भनाई उनलाई देख्दा पुष्टि हुन्थ्यो ।

उनले बिक्री गरीरहेको किताब नागरिकले बढि रुचाईएको छ । किनकी त्यो पुस्तक बिक्रीको उद्देश्य अन्य पुस्तक भन्दा फरक छ । उनी देशभरमा पुस्तकको बिक्री शिविर राखेर हिडिरहेका छन् । उनको आत्मकथाको लेखिएको पुस्तक खरिद गर्नेहरु पनि सबै उमेर समुहका छन् । विराटनगरमा आउनसाथ उनको यो ४२ सौ जिल्ला प्रवेश गरेको उनको भनाई थियो । यस अघि उनले ४१ जिल्लामा किताब बिक्री गरीसकेका छन् । पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्न आउँछु भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकै आधारमा धेरैले शेयर गरिदिए । उनको यहि निमन्त्रण औपचारिक बन्यो ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेका छन् । डाक्टर पुनले यो किताब बेच्दै हिँडेको एक वर्ष पुगेको छ । यो अवधिमा २० हजार किलोमिटर भन्दा बढी बाटोको यात्रा गाडीमा गरेका छन् भने १ लाख ८० हजार भन्दा बढी किताव बेचिसकेका छन् । किताव बेचेर आएको सबै पैसा बीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नमा पठाउदै आएका छन् । उनले विराटनगरमै पहिलो दिन चारसय भन्दा बढि किताब बिक्री गरेका छन् । केहिदिन अझै विराटनगरका बिभिन्न कार्यलय, विद्यालय, क्याम्पस र मुख्य चौकहरुमा किताब विक्री गर्ने योजना रहेको सुनाए ।

विराटनगरका विभिन्न समुहका स्थानीयले यस योजनामा उनलाई सहायता गर्ने जनाएका छन् । उनले विराटनगरका नागरिकले पनि अन्य स्थानका नागरिकले झैं किताब किन्न रुचि देखाएको बताएका छन् । उनको एक पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ । बिराटनगरका स्थानीयले किताब मात्र खरिद गरेनन् । बीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नको लागी सहयोग रकम भन्दै सकेको रकम समेत उनलाई हस्तान्तरण गरेका छन् । पुस्तक किन्न आउने युवाहरु भन्छन् महावीर पुन त्यो हिरा हुन् जसलाई देशले चिनेन तर विदेशी राष्ट्हरुले पटक पटक उनलाई सम्मान गरेका छन् ।

२४ वर्षीय राजेश साहा भन्छन् महाविर पुनको किताब किन्न पहिलेदेखि ईच्छुक थिए तर उहाँ विराटनगर आजमात्रै आउनुभएकोले मैले खरिद गरे । यस्तै पुनलाई किताब बिक्री गर्न सहयोग गरिरहेकाहरु सुनसरी जिल्लाका विभिन्न स्थानबाट पनि आएका छन् ।

विराटनगरका युवाहरु समेत उनको सहयोगमा जुटेका छन् । सहयोगीहरुरु यति गर्भान्वित भएर उनलाई सहयोग गरेको देखिन्थ्यो, यहाँ कुनै उत्सव मनाईरहेको छ । पुन भन्छन् मेरो आत्मकथाको किताब पढेर नागरिकले मेरो संघर्ष बुझ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2