कोशी प्रदेशसँग पनि छैन अग्ला भवनमा आगो निभाउने उपकरण

<span class='c1'>कोशी प्रदेशसँग पनि छैन अग्ला</span> <span class='c2'>भवनमा आगो निभाउने उपकरण</span>

प्रेम देवान
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको ९ तले भवनमा बुधबार विहान आगलागी भयो । ९ तले भवनको पाँचौ तलामा बुधबार बिहान ९ः३० बजे लागेको आगो निभाउन निकै सकस व्यहोर्नुपर्यो । ठुलो जनशक्ति परिचालन गरियो । तर पनि बेलैमा आगलागी नियन्त्रणमा आउन सकेन ।

आगो नियन्त्रणको लागि ईटहरीसहित आसपासका छिमेकी स्थानीय तहका १२ वटा दमकल प्रयोग गरियो तर पनि समय मै निभाउन भने सकिएन । उता भवनमा ११ जना सर्वसाधरण फसेका थिए । उनीहरुको अवस्था के होला भनेर सबैले चिन्ता व्यक्त गरिरहेका थिए । भवनको माथिल्लो तलाबाट फोनमा आफन्तहरुलाई हारगुहार मागिरहेका थिए । उनीहरुको उद्धार गर्नको निकै सकस व्यहोर्नु पर्यो ।

अन्तत काठमाडौंबाट हेलिकोप्टर मगाई भवनको माथिल्लो तहमा फसेका ११ जनालाई उद्धार गरियो । आगलागी नियन्त्रणमा नेपाली सेना ,सशस्त्र प्रहरी , जनपथ प्रहरी र ईटहरी उपमहानगरपालीकाका नगर प्रहरी गरी ३ सय बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्था आयो । आगलागी भएको साढे ६ घण्टापछि मात्र पूर्ण रुपमा नियन्त्रणमा आयो । ईटहरी जस्तो मुख्य चौकमा आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्यो ।

यसको पछाडी हामीसँग ठुला भवनहरुमा आगलागी भईहाले तत्काल नियन्त्रण गर्ने उपकरण नहुनु चिन्ताको विषय बनेको छ । घटना भए लगत्यै कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सामाजिक संजालमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ भनेर स्टाटस आईरेहेको थियो।

बेला बेलामा हामीले काठमाडौंबाट हेलिकोप्टर मगाईरहेका छौँ, मानिसको उद्धार हुने काम भईरहेको छ भनेर पनि अपडेट गरिरहेका थिए । तर त्यो भन्दा अगाडी त्यस्तो खालको घटना घटिहाले के गर्ने ? भनेर कहिल्यै सोचिएन सोचेनन् ! शहरका ठुला व्यापारिक विल्डिङ्खहरुमा आगलागी भईहाले तत्काल रोकथाम तथा नियन्त्रण गर्ने परम्परागत दमकल बाहेक अरु गतिलो उपकरण छैन । कोशी प्रदेशको राजधानी विराटनगरसँग पनि ठुला भवनहरुमा आगलागी भईहाले नियन्त्रणको निम्ती गतिलो र प्रविधीयुक्त हाइड्रोलिक वारुणयन्त्र छैन ।

विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले भने, ‘प्रदेशको राजधानी हो, कम्तीमा पनि एउटा गतिलो हाईड्रलिक वारुणयन्त्र भईदिएको भए ईटहरीको घटना बेलैमा समाधान हुन्थ्यो ।’ अहिले हामीसँग त्यही परम्परागत ३ वटा दमकलले मात्रै छ, त्यसले अग्ला भवनमा आगो निभाउन सक्दैन । ‘आगलागी हुँदा नियन्त्रणको लागि ठुला भवनलाई पनि टार्गेट गरेर हाइड्रोलिक वारुणयन्त्र हुनुपर्ने स्थिति देखिएको छ । विराटनगर महानगरपालिकाले प्रदेश सरकार र छिमेकी स्थानीय तहहरुसँग मिलेर प्रविधियुक्त हाईड्रोलिक वारुणयन्त्र किन्ने योजनामा रहेको महानगरले जनाएको छ ।

अन्तत : ईटहरीमा बुधबार भएको आगलागीमा ठुलो जनशक्ति र दर्जनौं दमकल भेला पारेर गरेको ठुलो प्रयास पनि बेलैमा सफल हुन नसक्नु अनि अग्ला भवनमा कसरी आगो निभाउने ? भन्ने बारे ज्ञान नहुनुले पनि अब चाडै नै नयाँ प्रविधियुक्त हाईड्रोलिक वारुणयन्त्र हुन आवश्यक देखिएको छ । यसका लागि प्रदेश सरकारले बेलैमा विपद् व्यवस्थापनका निम्ती ध्यान दिनु आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2