राजावादीहरुको आमसभा विथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास

<span class='c1'>राजावादीहरुको आमसभा विथोलियो, घरमा</span> <span class='c2'>लागेको आगो नियन्त्रणको प्रयास</span>

काठमाडौं । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ ।

राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन नसकेको प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए ।

उनका अनुसार आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो । त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आइनसकेको शाहीले जानकारी दिए ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए । राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2