काठमाडौं । काठमाडौंको विभिन्न स्थानहरूमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
मेडिकल कलेज प्रशासनका अनुसार, प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।
"आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ," अस्पताल प्रशासनले जनाएको छ।