राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

<span class='c1'>राजावादीहरुले गरे नेकपा एसको</span> <span class='c2'>केन्द्रीय कार्यालय तोडफोड</span>

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ ।

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् ।

नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् ।

त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् ।

तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2