काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोधसम्म गरेका छन् ।
उनले लेखेका छन्,‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ । कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु । अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन् ।’
राजावादीहरुको आन्दोलनले उग्र र नियन्त्रणबाहिर गएपछि मिश्रको यस्तो धारणा आएको हो ।