दुर्गा प्रसाई कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय

<span class='c1'>दुर्गा प्रसाई कारबाहीको दायरमा आउँछन्, क्षतिको</span> <span class='c2'>जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय</span>

काठमाडौं । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए ।
शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यता, समाजवादी मोर्चाको कार्यक्रम भने शान्तिपूर्ण भएको र १८ हजार मानिस सहभागी भएको रिजालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2