कर्फ्यूको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए

<span class='c1'>कर्फ्यूको समयमा सडकमा</span> <span class='c2'>उत्रिएका प्रदर्शनकारी लखेटिए</span>

काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ ।

शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो ।

विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कफ्र्यु लागू गरेको क्षेत्रमा प्रदर्शन भएको थियो ।

कर्फ्यू गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2