जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

<span class='c1'>जडिबुटी प्रशोधन केन्द्रको आगजनी</span> <span class='c2'>चार घण्टामा निभाइयो</span>

भक्तपुर । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ ।

कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी दिउँसो आगजनी गरेका थिए ।

आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “जम्मा छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्कियौँ ।” उहाँले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताउनुभयो ।

आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2