शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

<span class='c1'>शनिबार बिहान सात बजेसम्मका</span> <span class='c2'>लागि कर्फ्यू समय थप</span>

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो। काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्