-ऋषि तिवारी
"एका साँझ आफ्नो बेडरुममा छिरें ।'"
ढोकामा चुकुल लगाएर बसें । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।"
मैंले भित्रैबाट जवाफ फर्काएको थिएँ, "किन ढोका खोल्नु ? म एकछिन साहित्यमा रमाउँदै छु।"
उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि वहाँ साहित्य रुपी बगैंचामा रमाउँनु हुँन्थ्यो । यसो रमाउँदा रमाउँदै थकित मुद्रामा हुँदा, साथमा एक कप चिया चाहिं अवश्य सुरुप सुरुप तान्न चाहिन्थ्यो ।
म भित्र थिएँ । मेरो दुई नयन टी टेबलमा पर्यो । चिया थिएन टेबलमा ।
उनले हातमा एककप चिया र एकगिलास पानी हातमा बोकेर ढोका खुल्ने प्रतिक्षामा उभिरहेकी थिइन् । ढोका खोल्ने बित्तिकै चिया पानी लिएर म भएको शयन कक्षमा प्रवेश गरिन् ।
चिया लिएर टेबलमा राखिन र भनिन्, "लु एक गिलास चिसो पानी पिउँनुस अनि बिस्तारै तातो चियाको सुरुपसंगै साहित्यमा रमाउँनुस् ।"
श्रीमतीको यस्तो हौषलाले म फुर्किन्थे पनि । नफुर्कौं पनि कसरी हरेक पल्ट अफिसबाट घर आउँदा आफ्नै आँगनमा विकृती समाजका फूलहरु फुलेका हुन्थे। र, अँगेनीमा एउटा न एउटा शिर्षक रुपी फुल फुलेकै हुँन्थ्यो । र, टिप्दै डायरीमा नोट गर्थेँ ।
विराटनगर-६ ममता-मार्ग ।