इद पर्वको दिन परीक्षा स्थगित गर्न माग गर्दै मनमोहन विश्वविद्यालयमा ताला

<span class='c1'>इद पर्वको दिन परीक्षा स्थगित गर्न</span> <span class='c2'>माग गर्दै मनमोहन विश्वविद्यालयमा ताला</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) दिन सोमबार समेत परीक्षा तालिका रहेकोले त्यसलाई रद्द गर्न माग गर्दै तालबन्दी गरिएको हो ।

यद्यपी यो परीक्षा विश्वविद्यालय आफ्नो नभएर सिटीईभीटी अन्तर्गतको हो । इस्लाम धर्मावलम्बीहरूले इद (इद–उल–फित्र) सोमबार मनाउने की नमनाउने भन्ने पनि अहिलेसम्म यकिन भएको छैन । गृहमन्त्रालयले अहिलेसम्म विदा घोषणा गरेको छैन ।
रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रतपछि इद पर्व मनाउने प्रचलन रहेको छ । यसका लागि चन्द्रमा देखिनुपर्ने मान्यता रहेका कारण आइतबार साँझ देखिएमा सोमबार र सोमबार साँझ देखिएमा मंगलबार इद पर्व मनाइने छ । साउदी अरबमा भने आइतबार नै इद पर्व परेको जानकारहरु बताउँछन् ।

मनमोहनका विद्यार्थीले इद पर्व सोमबार पर्ने दावी गर्दै परीक्षा सार्नुपर्ने माग गरेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयले भने विद्यार्थीको मागको विषयमा सिटीईभीटीलाई जानकारी गराएको छ । विश्वविद्यालयका प्रशासन प्रमुख सुजन भुर्तेलले ओभरसियरतर्फको ब्याचलर तेस्रो सेमेस्टर परीक्षा चलिरहेको बताउँदै भने–हामीले परीक्षा गराउनै पर्छ भन्ने मान्यता राख्दैनौं, सिटीईभीटीलाई भनेका छौं । हामी निर्णयको प्रतिक्षामा छौं, उनले भने गृहमन्त्रालयले पनि विदा दिने घोषणा गरिसकेको छैन । विद्यार्थीले ताला लगाउँदै केहि कर्मचारी भने भित्रै थुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2