लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो

<span class='c1'>लगातार उच्च मूल्यको रेकर्ड बनाएको</span> <span class='c2'>सुनको मूल्य आज घट्यो</span>

काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि घटेको छ ।

आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्