विराटनगरमा डुबान नियन्त्रणका योजना बन्छन् तर कार्यान्वयन हुँदैनन्

<span class='c1'>विराटनगरमा डुबान नियन्त्रणका योजना</span> <span class='c2'>बन्छन् तर कार्यान्वयन हुँदैनन्</span>

इन्दु साह
विराटनगर । विराटनगरमा वर्षेनी डुबानको समस्या रहेको छ । महानगरपालिकाले भने यसपटक पनि डुबान नियन्त्रणका निर्माण गर्नुपर्ने संरचना योजनामै सिमित राखेको छ । विराटनगर महानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार महानगरका १९ वडामा ८ हजार ५५० घरधुरी डुबानको चपेटामा रहेका छन् ।

वर्षातमा डुबेका नागरिकले महानगरले डुबान नियन्त्रणका लागि बनाउने योजनामा खासै भर गर्दैनन् । किनकी योजना बनाउने र अध्ययन गर्ने भनिएका योजना कार्यन्वयनमा हतपत्त आउँदैनन् । दक्षिण भेग बाढिबाट बढी प्रभावित हुने गरेको छ । महानगर शहरी विकास तथा योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार डुबान नियन्त्रणका लागि केहि संरचना निर्माण भईरहेका बताउँछन् । उनका अनुसार केहि योजना बनाउने काम भईरहेका छन् । नोवेल अस्पताल भन्दा उत्तर पट्टिबाट ज्वाला टोल हुदै केशलियामा मास्टर ड«ेन लैजाने योजना बनाईरहेको उनले बताएका छन् । यसैगरी कन्चनबारी भन्दा उत्तर पट्टि सडक विभागले राखेको होमपाईप लाई निकालेर आरसिसी ड्रेन बनाउने योजना समेत महानगरको रहेको उनको भनाई छ ।

डुबान नियन्त्रणका लागि भने तत्काल निर्माणधिन अवस्थामा विराटनगर १५ र १७ वडाको नाला रहेको छ । यस वडाको पानीलाई विराटनगर १४ को बोर्डर हुँदै सिघिंया खोलामा लग्ने तयारी कार्य भईरहको छ । विराटनगर १५ र १७ मा निर्माण भएको नाला समानान्तर नाला हो । भने पछिल्ला वर्षहरुका नाला निर्माणका लागि यस पटक टेण्डर लागि निर्माण कार्य र्भरहेको थापाले जानकारी दिए । बनाएका योजनाको लागि २०८२ मा बजेट छुट्याईने महाशाखा
प्रमुखको भनाई छ। तर, यी योजनाहरु आवश्यक्ताको आधारमै पनि हेर्ने हो भने प्रयाप्त होईन । विराटनगरका स्थानीयले समेत नाला र सडक निर्माण नभएको कारण पानीको निकासा नहुँदा डुबान भएको भन्दै महानगरमा गुनासो समेत गर्ने गरेका छन् । वर्षेनी डुबानको समस्या खेप्दै आएका स्थानीयले यसपटक पनि सोहि समस्याको समाना गर्नु पर्ने देखिएको छ । विभिन्न स्थानमा सडक र नाला निर्माण नहुँदा पानी निकासा हुन पाएको छैन , जसकारण स्थानीय वर्षेनी डुब्ने गरेका छन् । महानगरले बनाउने योजनाहरुले गति नपाउँदा डुबानको समस्या जस्ताको तस्तै हुने गरेको छ । हरेक वर्ष कयौँ घर डुबानको चपेटामा आउछन् । नागरिकको घरभित्र पानीपस्ने समस्याले उनीहरु वर्षयाममा विस्थापिनै हुन्छन् ।

महानगरपालिकाले वडा नम्बर १३, १४, १५ र १७ मा वर्षातको पानीको निकासका लागि आईसिपी रोड पूर्व रेलवे ट्रयाक हुँदै सिंघिया खोलाम्म स्ट्रोम ड्रेनको डिपिआर बनाई कार्यँन्वयनमा ल्याउने कार्यक्रम उल्लेख गरेको छ । त्यस बाहेक वडा नम्बर १ र ३ मा रहेको सुनसरी मोरङ सिंचाईको नहरलाई स्ट्रोम ड्रेन र वल्किङ्ग स्ट्रिट बनाउन अध्ययन गर्ने उल्लेख छ । तर, वर्षात् जति नजिकीन्छ महानगरपालिका त्यति नै कार्यक्रम ढिला गर्दै जान्छ र अर्कोवर्षलाई सार्छ । त्यसले नागरिकमा वर्षात्को डुबान सहनु पर्ने मनोविज्ञानले त्रसित बनाईरहेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2