काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए । 'महानगरबाट पाउनुपर्ने सबैले तलब पाएका हुन्,' उनले भने ।
चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।