धरानमा एक महिलाको श*व फेला

<span class='c1'>धरानमा एक महिलाको</span> <span class='c2'>श*व फेला</span>

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार आज दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2