अनदेखा छ, विराटनगरको दरैयाबाट नदीजन्य वस्तुको तस्करी

<span class='c1'>अनदेखा छ, विराटनगरको दरैयाबाट</span> <span class='c2'>नदीजन्य वस्तुको तस्करी</span>

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नेपाल–भारत सीमामा नेपालका नदीजन्य निर्माण सामाग्रीको डंगुर छन् । दरैया र भारतको टिकुलिया जोड्ने कच्ची सडक हुँदै सीमा क्षेत्रमा थुपारिएको वस्तु पारि पुग्छ । दरैया–टिकुलिया ओहोरदोहोर हुने ट्याक्टरले नेपालको ढुंगागिटी ओसार्छन् । सीमा क्षेत्रमा भईरहेको यो कार्यमा सिटीजेड ढुवानी सेवा संलग्न छ । यसका सञ्चालक नरेश यादवले ढुंगागिटी र बालुवा कटाउने गरेका हुन् । तर, यादवले सीमा क्षेत्रमा थुपारिएको निर्माण सामाग्री बर्जु गाउँपालिका र विराटनगरको दक्षिणी क्षेत्रमा बिक्री गर्ने गरेको दावी गरेका छन् ।

स्थानीयले देखेर पनि यो धेरैवर्षदेखि बोल्न सकिरहेका छैनन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ छ । सीमाबाट हुने अवैध कारोबारमा उसले चासो नदेखाउँदा यादवको नदीजन्य वस्तु भारतमा बिक्री गर्दै आएका छन् । उनले गरिरहेको यो कार्यमा सशस्त्रले सहयोग गरेको स्थानीयको आरोप छ । तर, सशस्त्र प्रहरीले यसलाई सहजै स्वीकार भने गर्दैन ।

यादवसँग फोन सम्पर्क गर्दा उनले भेटेर बाहेक कुरा गर्न नसक्ने बताए । भने, आफ्नो ढुवानी सेवाले गिटीबालुवा यहिका लागि पु¥याउँदै आएको छ । उनलाई दशगजाका झोडीले छेक्ने गरी डंगुर लगाएर बर्जु गाउँपालिका र विराटनगरको दक्षिणी क्षेत्रमा किन बिक्री गर्नुपर्ने भन्ने प्रश्न गर्दा भने–मेरो जग्गा नै त्यहिं छ । स्थानीयका अनुसार पहिले दशगजा क्षेत्रमै उनको स्टोर रहेको बताउँछन् । घेराबेरासहितको स्टोरमा यताबाट गएका ट्याक्टरले बोकेको गिटीबालुवाको डाला भारतबाट आउने ट्याक्टरमा लगाएर पठाउने गरिन्थ्यो । तर, अहिले दशगजा क्षेत्रको त्यो टहरो हटाएर खुल्ला स्थानमै डंगुर लगाएर जन लगाएर उठाउने गरिएको छ ।

दरैया त्यसैपनि तस्करीको मुल नाकामै पर्दछ । यहाँबाट हुने तस्करी रोक्न स्थानीयको जोडबल पुग्दैन । सशस्त्र र नेपाल प्रहरी समेत प्रायः अनदेखामै हुन्छन् । तर, यादवको कामलाई भने स्थानीयले पटक्कै रुचाउँदैनन् ।
बालुवा र गिट्टी भारत तस्करी भइरहेको प्रतिबन्ध छ । सरकारले नेपालबाट नदीजन्य वस्तु भारत लैजान रोक लगाएको छ । तर, नेपालमा दर्ता भएको ढुवानी सेवाले आफ्नो भू–भागसम्म लान पाउँछ । त्यहि कानुनी आधारमा टेकेर हुने अवैध गतिविधि भने नियन्त्रण गर्नुपर्ने संयन्त्र सेटिङको प्रभावमा परेको आरोप स्थानीय लगाउँछन् । एक स्थानीयका अनुसार दैनिक ४० ट्याक्टरसम्म गिटी बालुवा भारत जान्छ । त्यति नै मात्रामा त्यहाँ नेपालको गिटीबालुवा पुगिहाल्छ । वैधानिक रुपमा सीमा क्षेत्रमा पुग्ने गिटीबालुवा अवैधानिक तवरले पारी पुग्ने गरेको हो । यो पहिलेदेखिकै काम हो, एक स्थानीयले भने–यादवले बालुवा र गिट्टीको कारोबार गर्दादेखि यो काम गरिरहेका छन् ।

यादवले ट्याक्टर आउजाउ गर्ने बाटो निकालेका थिए । त्यहि बाटो प्रयोग हुने गरेको छ । उनले यदाकदा भन्ने गर्दछन्–वारिपारी नै मिलाउनु पर्ने हुन्छ, मिलाउँदा मिलाउँदै कारोबार गर्दा भनेजति नाफा हुँदैन । नेपालमा ४ हजार प्रतिट्याक्टरमा खरिद गरिने बालुवा भारत पुर्याउँदा ५ हजार भारुमा बिक्री हुन्छ । त्यसले गर्दा पनि तस्करी हुने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2