आसाम भागेर, नेपालमा रहेको ध्वाँस दिन्थे दुर्गा प्रसाँई

<span class='c1'>आसाम भागेर, नेपालमा रहेको</span> <span class='c2'>ध्वाँस दिन्थे दुर्गा प्रसाँई</span>

विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ ।

भारतमा पक्राउ गरेका उनलाई झापाबाट काठमाण्डौं पु¥याइएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारीमा प्रहरी जुटेको छ । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं भागेर भारतको आसाम राज्यस्थित वास्का जिल्लामा पुगेको बेला पक्राउ परेका हुन् । त्यहाँ एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेका उनले भने आफू नेपालमै रहेको ध्वाँस दिन छोड्का थिएनन् ।

नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर उनलाई पक्राउ गरेर ल्याएपछि उनी नेपालमै छु भन्ने ध्वाँस दिदैं भारतमा लुकेर बसेको खुलेको हो । तर, लुकेर बसेपनि उनलाई प्रहरीले पक्राउ गरेरै छोडेको छ ।
उनले आसाम पुगेर भिडियो खिचेर काठमाण्डौंमै छु भनेर हालेको भिडियो समेत त्यंहि खिचेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनाएका छन् । प्रसाँईले दुई वटा भिडियो खिचेर आफ्ना कुरा राखेका थिए ।

१७ चैतमा दिउँसो १ः१२ बजे उनले पहिलो भिडियो हालेका थिए । त्यहाँ ‘आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी’ गरेका थिए । त्यो भिडियोमा उनले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका थिए । त्यो भिडियो आसामबाट उनी पक्राउ परेकै घरमा खिचेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्