सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

<span class='c1'>सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा</span> <span class='c2'>पुगेका बिहारका दुई जना पक्राउ</span>

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार बिवेक कुमारले खाँदवारी नगरपालिका ९ निवासी अन्जना थापाको सुनको गहना टल्काउने भन्दै तेजाब जस्तो देखिने वस्तुमा राखेर आगोमा तताएका थिए । त्यसपछि सुनको सिक्रीको तौल घटेको थियो । थापाले प्रहरीमा ठगिएको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गर्दा अर्का गंगा बिष्णु समेत यहि कामको लागि संखुवासभा आएको उनले खुलाएका थिए ।

त्यसपछि प्रहरीले गंगा बिष्णु साहलाई खोजतलास गर्ने क्रममा खाँदबारी १ स्थित भोटखोला होटल एण्ड लजमा कोठा लिएर बसेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरुले सुनलाई धुने र त्यसको पानी लिएर जाने गरेका छन् । जुन पानीलाई पुनः तताएर जमाउँदा सुन बन्छ । यसरी पहाडी जिल्लासम्म पुगेर अन्यलाई समेत ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले सम्पर्कमा आउन अनुरोध गरेको छ । साथै सुन टल्काउने निहुँमा ठगी गर्नेहरुबाट सुरक्षित रहन आग्रह पनि गरेको छ ।

प्रहरीले उनीहरुले सुन धुनका लागि प्रयोग गर्ने सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरु विरुद्ध ठगी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत संखुवासभाबाट सात दिनको म्याद थप गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2