काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ आज (बिहीबार) सामान्य बढेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।