विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट विद्यार्थीहरू नगदसहित पुरस्कृत

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट</span> <span class='c2'>विद्यार्थीहरू नगदसहित पुरस्कृत</span>

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरको शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५० जना विद्यार्थीहरूलाई कलेज परिसरमा आज(मंगलबार)एक कार्यक्रमबीच नगदसहित पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई लगनशीलता, अनुशासन र निरन्तर अभ्यास नै सफलताको आधार हुने उल्लेख गर्दै फाइनल परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । प्राप्त नतिजा अनुसार शिरिन भट्टराईले ९४.२ प्रतिशत ल्याएर प्रथम स्थान हासिल गरेकी छन् । शकिल अहमद ९४ प्रतिशत अंकसहित दोस्रो स्थानमा रहँदा, सौगात सुवेदीले ९२.५ प्रतिशत ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन् । सम्मानित विद्यार्थीहरूलाई प्रिन्सिपल खड्का, कलेजका निर्देशक भुपेन्द्र दाहाल, विज्ञान संकाय संयोजक नवीन रोय, तथा निर्देशक रामचन्द्र अधिकारी लगायतले प्रशंसा पत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

कलेज व्यवस्थापनका अनुसार यस्तो सम्मानले विद्यार्थीहरूलाई अझै प्रेरित गर्ने र आगामी परीक्षामा अझ उत्कृष्ट नतिजा ल्याउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्