विराटनगर । धराटबाट पहाडी ईलाका भोजपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुदाँ एकको मृत्यु १३ जना घाईते भएका छन् ।
आज(सोमबार) बिहान धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटा नगरपालीका ६ स्थित गोठगाँउमा दुर्घटनामा परेको थियो ।
बस करिब ५० मिटर तल खस्दा बसमा सवार धनकुटा ६ कि ७३ वर्षीया कृष्णा कुमारी राई भुजेलको मृत्यु भएका धनकुटा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
दुर्घटनामा परेका घाईतेहरु मध्ये ३ जनालाई धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिदै छ भने अन्य घाइतेहरु जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।