गाईघाटबाट विराटनगर आउने क्रममा दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

<span class='c1'>गाईघाटबाट विराटनगर आउने क्रममा दुर्घटनामा</span> <span class='c2'>परी प्रहरी सहायक निरीक्षकको मृत्यु</span>

गाईघाट (उदयपुर) । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

आज(शनिबार) गाईघाटबाट विराटनगर आउने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।

प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान काम विशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उहाँका १४ वर्षीया छोरी घाइते हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्