विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन । कोशी प्रदेश सरकारको विश्वविद्यालयको सेवा आयोगको दोस्रो अध्यक्षमा क्षेत्री नियुक्त्त भएका हुन ।
अध्यक्ष थापालाई आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराए । विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राइ, उपकुलपति डा. सुवासश्री पोखरेल, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्टार डा. दिलनाथ फुँयाल र डिन प्रा.डा. प्रचण्डमान प्रधान लगातको उपस्थिती थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङग,कानुन , औषधी विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुदैआएको छ ।
विश्वविद्यालयको आफनै सेवा आयोग, परीक्षा कार्यालय, अनुसन्धान केन्द्र, लाईब्रेरी, विभिन्न ल्यावहरु सहित तीन वटा स्कुलहरु सञ्चालनमा रहेका छन ।