चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे

<span class='c1'>चोरी भएका ल्यापटप एक</span> <span class='c2'>वर्षपछि फेला परे</span>

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन्।

ह्युमन प्राक्टीस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका ८ वटा ल्यापटप मंगलबार फेला परेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राती अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो। घटना लगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई जानकारी गराएको थियो। खोजीको क्रममा ३ वटा ल्यापटप बरामद भएको थियो भने बाँकी ८ वटा हराइरहेका थिए।

प्रहरी, शिक्षक र वडाअध्यहरुको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी ८ वटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको हो।

विद्यालय जस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको अध्यक्ष वनेमले बताउनुभयो ।

उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्