सुनसरीमा अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

<span class='c1'>सुनसरीमा अफ्रिकन स्वाइन फिभरका</span> <span class='c2'>कारण ३६ बङ्गुरको मृत्यु</span>

इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ ।

स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा.मनोजकुमार महतोले जानकारी दिनुभयो ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

बाह्र लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ

सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ ।

चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिनुभयो । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उहाँले बताउनुभयो ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखुखेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्