डीएभी विराटनगरका विद्यार्थीहरूले सीबीएसई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी

<span class='c1'>डीएभी विराटनगरका विद्यार्थीहरूले सीबीएसई परीक्षामा</span> <span class='c2'>उत्कृष्ट नतिजा ल्याएको दाबी</span>

विराटनगर । डीएभी उच्च माध्यमिक विद्यालय विराटनगरका विद्यार्थीहरूले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) कक्षा १० र १२ को बोर्ड परीक्षा २०२५ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

कक्षा १० मा श्रेयश पाण्डेले ९७.६० प्रतिशत अंक प्राप्त गरी विद्यालयको गौरव बढाएका छन् भने कक्षा १२ मा जयेश कर्वाले कमर्स शाखामा ९७ प्रतिशत अंक ल्याएर स्कूल टपरको उपाधि जितेका छन्।

बुधबार सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ का जयेशले गणितमा ९९, लेखाशास्त्रमा ९९, अर्थशास्त्रमा ९७ र भौतिक शिक्षामा ९६ अंक प्राप्त गरेका छन्। साइन्स शाखामा आर्या गान्धीले ९५.६० प्रतिशत ल्याएर दोस्रो स्थान हासिल गरिन्। उनले कम्प्युटरमा ९९ प्रतिशत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा कमर्स शाखाकी ऋषिका राठी ९४.६० प्रतिशत अंकका साथ रहिन्, जसले व्यापारिक अध्ययनमा ९८ अंक ल्याएकी छिन्। मानी श्रीवास्तवले साइन्स शाखामा ९४ प्रतिशत अंक ल्याएर चौथो स्थान बनाएकी छिन्। उनले भौतिकशास्त्रमा उत्कृष्ट ९२ अंक हासिल गरेकी छिन्।

कक्षा १० को परिणाममा श्रेयश पाण्डे पछि अनुष्का दागा (९५.८०%), प्राची अग्रवाल (९४.६०%) र नताशा नुर (९४.२०%) क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। सक्षम अग्रवालले कमर्स शाखामा ९४ प्रतिशत अंक ल्याएर उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले लेखाशास्त्रमा पूर्ण ९९ अंक प्राप्त गरेका छन्। साइन्स शाखामा ईशान अग्रवाल ९३ प्रतिशत र करिश्मा कोचर ९१.२० प्रतिशत अंकका साथ रहेका छन्।
त्यसैगरी कक्षा १० मा मेहल शर्मा (९३.००%), बर्दन नौलाखा (९२.२०%), निधि गोलछा (९१.८०%), अभिनन्दन झा (९१.८०%), मान्या अग्रवाल (८७.४०%), स्नेहा अग्रवाल (८५.८०%), निखिल मोहता (८४.८०%), अभिराज वर्णवाल (८३.४०%), गृवान राज शर्मा (८२.४०%), आदित्य सिंह केडिया (८२.००%), अनुष्का कर्वा (८०.२०%) र तुषार सिंघल (९०.६०%) ले पनि उत्कृष्ट अंक हासिल गरेका छन्।

विषयगत रूपमा पनि विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। कक्षा १० मा अंग्रेजीमा श्रेयश, प्राची र नताशाले ९८ अंक, गणितमा श्रेयश र जयेश कर्वाले ९८-९९ अंक, विज्ञान र सामाजिक विज्ञानमा श्रेयशले ९७-९७ अंक तथा कम्प्युटरमा अनुष्का दागा र आर्या गान्धीले ९९-९९ अंक प्राप्त गरेका छन्। नेपाली विषयमा अमय अग्रवालले ८५ अंक र हिन्दीमा प्राची अग्रवालले ९४ अंक हासिल गरेका छन्। कक्षा १२ मा ईशानले अंग्रेजी र रसायनशास्त्रमा ९८-९८ अंक, भौतिक शिक्षामा जयेश कर्वाले ९६ अंक, अर्थशास्त्रमा जयेश कर्वाले ९७ अंक, व्यापारिक अध्ययनमा ऋषिका राठीले ९८ अंक र लेखाशास्त्रमा सक्षम अग्रवालले ९९ अंक प्राप्त गरेका छन्। त्यसैगरी जीवविज्ञानमा सिम्रन कुमारीले ७१ अंक हासिल गरेकी छिन्।

विद्यालयका अनुसार कक्षा १० मा कुल १९ जना विद्यार्थीहरूले ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेका छन् भने सबै विद्यार्थीहरू प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्, जसले विद्यालयलाई १०० प्रतिशत परिणाम दिलाएको छ। कक्षा १२ मा विद्यालयका १४ जना विद्यार्थीले डिस्टिंक्शन (९० प्रतिशत माथि), २६ जनाले प्रथम श्रेणी र १० जनाले द्वितीय श्रेणी हासिल गरेका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्