दमकमा अन्तराष्ट्रियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

<span class='c1'>दमकमा अन्तराष्ट्रियस्तरको रंगशाला, टियु</span> <span class='c2'>क्रिकेट मैदानलाई ४० करोड</span>

काठमाडौं । सरकारले झापाको दकममा अन्तराष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

आज(बिहीबार) प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए ।

त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए । यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्