यातायात व्यवसायीको आन्दोलनले कोशी प्रदेशमा जनजीवन प्रभावित

<span class='c1'>यातायात व्यवसायीको आन्दोलनले कोशी</span> <span class='c2'>प्रदेशमा जनजीवन प्रभावित</span>

इटहरी । निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडीसरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित सोमबार बिहानदेखि नै कोशी प्रदेशमा पनि सार्वजनिक सवारीसाधन ठप्प छन् ।

संयुक्त आन्दोलनको समर्थनमा धरान र इटहरी क्षेत्रमा बिहानैदेखि साना तथा ठुला कालो प्लेटका यात्रुवाहक गाडी सञ्चालनमा आएका छैनन् । केही ट्याम्पो र दुईपांग्रे सवारीहरू मात्रै सञ्चालनमा छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिए अनुसार कोशी प्रदेशका १४ ओटै जिल्लाहरूमा लामा तथा छोटा दुरीका सवारीका सार्वजनिक बस नचल्दा यात्रुहरू समेत समस्यामा परेका छन् । कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्