कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

<span class='c1'>कुमारी बैंकको संस्थापक</span> <span class='c2'>शेयर आजदेखि बिक्रीमा</span>

काठमाडौं । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।

बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरु भन्दा बाहेकका लगानीकर्ताहरुमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्