नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

<span class='c1'>नेप्से १३ दशमलव</span> <span class='c2'>६९ अङ्कले घट्यो</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ दशमलव शून्य आठको कारोबार भएको छ । जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्