बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंक

<span class='c1'>बजारबाट आज ४० अर्ब रुपैयाँ</span> <span class='c2'>झिक्दै नेपाल राष्ट्र बैंक</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।

बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ ।

केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्