किड्स भिलेज स्कुलका ६२ जना विद्यार्थी दिक्षित

<span class='c1'>किड्स भिलेज स्कुलका ६२</span> <span class='c2'>जना विद्यार्थी दिक्षित</span>

विराटनगर । विराटनगर ५ कृषिमार्गस्थित मुनालपथमा रहेको किड्स भिलेज स्कुलले ६२ जना विद्यार्थी दिक्षित गरेको छ ।

विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताए । ‘शिक्षाले मात्र व्यक्तित्व निर्माण गर्दैन, नैतिक मूल्य मान्यताले पनि चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । कार्यक्रममा विद्यालयका प्रधानाचार्य विजय दाहालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय राखेको जानकारी दिए । उनले व्यावहारिक शिक्षालाई प्राथमिकता दिएर विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिएको बताए । ‘हामी केवल पुस्तकीय ज्ञान मात्र नभएर जीवनोपयोगी सीप विकासमा केन्द्रित छौं,’ उनले भने ।

स्कुलका निर्देशक पंकज जैनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । उनले शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो सफलता हासिल गर्न सकिएको उल्लेख गरे । कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम रह्यो । उनीहरूले सांस्कृतिक नृत्य, फ्यासन शो र गीत प्रस्तुत गरी उपस्थित अतिथि, अभिभावक र दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्