तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

<span class='c1'>तरलता बढी भएपछि राष्ट्र बैंकले</span> <span class='c2'>आज बजारबाट ९० अर्ब झिक्दै</span>

काठमाडौं । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना मार्फत आहृवान गरेको छ । कममा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्