-सुरेन्द्र मण्डल
आजको शिक्षा प्रवृत्ति ‘शिप, शिक्षा र संस्कार’ मा केन्द्रित हुँदै गएको छ, जसले केवल किताबी ज्ञानमा सीमित नहुने स्पष्ट संकेत गर्दछ। वर्तमान शैक्षिक परिवेशमा परम्परागत धारणा क्रमशः कमजोर बन्दै गएको छ, जहाँ अब विद्यार्थीहरूलाई व्यावहारिक सीप, उद्यमशीलता, र समग्र व्यक्तित्व विकासतर्फ प्रेरित गरिँदैछ। आजको प्रतिस्पर्धात्मक युगमा सफलता प्राप्त गर्ने मूल आधार यी तिनै पक्षहरू बनेका छन्। यही सन्दर्भमा, +2 तहको होटल म्यानेजमेन्ट (HM) पाठ्यक्रम विद्यार्थीहरूबीच एक सम्भावनायुक्त, व्यावसायिक र लोकप्रिय विकल्पको रूपमा तीव्र रूपमा स्थापित भइरहेको छ।
यसको प्रत्यक्ष प्रमाणको रूपमा, सेंट जोसेफ स्कूल, विराटनगरका Hotel Management का HOD सुरेन्द्र मण्डलको अनुभव उल्लेखनीय छ। विराटनगरबाट Bachelor तहको अध्ययन पूरा गरेका मण्डलले London, UK बाट Master डिग्री प्राप्त गरेका छन्। शिक्षाको साथसाथै उनले युरोपका विभिन्न देशहरूमा ६ वर्षभन्दा बढी समयसम्म कार्यानुभव संकलन गरेका छन्, जसमा MICHELIN STAR स्तरका प्रतिष्ठित रेस्टुरेन्टहरूमा काम गर्ने विशिष्ट अनुभव पनि समावेश छ।
उनका अनुसार, होटल म्यानेजमेन्ट केवल शैक्षिक कार्यक्रम मात्र नभई जीवनका लागि उपयोगी सीपहरू सिकाउने बहुआयामिक प्लेटफर्म हो। विदेशमा प्रशस्त रोजगारीका अवसरहरू रहेको बताउँदै उनले नेपालमै पनि आफ्नै व्यवसाय स्थापना गर्ने, यात्रा–पर्यटनसँग सम्बन्धित काम गर्ने र विभिन्न सृजनात्मक अवसरहरू पाउने संभावना औंल्याएका छन्। उनी भन्छन्, “यो क्षेत्रले व्यक्तिमा आत्मविश्वास, नेतृत्व, व्यवहारिकता र रचनात्मकता विकास गर्छ। यदि तपाईं आतिथ्य (Hospitality) क्षेत्रमै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने, होटल म्यानेजमेन्ट रोज्नुहोस्—‘Sky is the limit’ भन्नुको सही अर्थ यही हो।”
यसरी हेर्दा, शिक्षाको वर्तमान प्रवृत्ति अब केवल किताबी ज्ञानमा सिमित नभई व्यवहारिकता र जीवन उपयोगी सीपमा आधारित हुँदै गएको छ, जसको जीवन्त उदाहरण होटल म्यानेजमेन्ट जस्तो व्यावसायिक कोर्स हो, जहाँ विद्यार्थीहरूका लागि सम्भावनाका ढोका साँच्चिकै खुला छन्।
किन होटल म्यानेजमेन्ट?
विश्वव्यापी रूपमा पर्यटन उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ, जसको आधारशिला नै होटल तथा आतिथ्य सेवा क्षेत्र हो। नेपाल पनि अन्तर्राष्ट्रिय बजारमा उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
सन् २०२३ मा नेपालले १० लाखभन्दा बढी विदेशी पर्यटकहरूलाई स्वागत गरिसकेको छ, र सरकारले सन् २०३० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। हाल पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा उल्लेखनीय योगदान गरिरहेको छ, र यस क्षेत्रसँग जोडिएको होटल तथा आतिथ्य सेवाको माग लगातार वृद्धि हुँदैछ।
होटल म्यानेजमेन्ट अध्ययनको प्रमुख विशेषताहरू:
• अत्यन्त व्यावहारिक, रोजगारीमुखी र अन्तर्राष्ट्रिय स्तरको अवसरयुक्त क्षेत्र
• नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउने उदाउँदो पर्यटन र होटल उद्योग
• विद्यार्थीहरूका लागि Internship, On Job Training र अन्तर्राष्ट्रिय रोजगारका व्यापक सम्भावनाहरू
यसैकारण, होटल म्यानेजमेन्ट अध्ययनले विद्यार्थीहरूलाई केवल शैक्षिक प्रमाणपत्र मात्र होइन, जीवनयापनको भरपर्दो आधार र उद्यमशीलताको ढोका समेत प्रदान गरिरहेको छ।
विराटनगरको बढ्दो आकर्षण
नेपालकै शिक्षा केन्द्रको रूपमा स्थापित हुँदै गएको विराटनगर — कोशी प्रदेशको राजधानी — होटल म्यानेजमेन्ट अध्ययनका लागि अत्यन्तै उपयुक्त गन्तव्य बन्दै गएको छ।
St. Joseph, Orchid, Koshi, Galaxy लगायत आधा दर्जनभन्दा बढी शिक्षण संस्थाहरूले अहिले विराटनगरमा +2 होटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यहाँ अनुमानित ७०० भन्दा बढी विद्यार्थीहरू हाल यो पाठ्यक्रममा अध्ययनरत छन्।
यहाँका शिक्षण संस्थाहरूले गुणस्तरीय शिक्षा, अनुभवी प्रशिक्षकहरू, इन्टर्नसिप र व्यावसायिक तालिम को राम्रो संयोजनमार्फत विद्यार्थीहरूलाई नेपालमै मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाइरहेका छन्।
उज्ज्वल भविष्यका सम्भावनाहरू
• +2 होटल म्यानेजमेन्ट अध्ययनपछि विद्यार्थीहरूले
BHM (Bachelor in Hotel Management), Culinary Arts, Event Management मा स्नातक तहको अध्ययन
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटल, रिसोर्ट, क्रुज लीन, रेस्टुरेन्टहरूमा रोजगारी
• वैदेशिक रोजगार र आप्रवासी अवसरहरू
• आफ्नै व्यवसाय सुरु गर्ने सम्भावना
सफलताको कथा
यहाँका थुप्रै विद्यार्थीहरू अहिले दुनियाँका विभिन्न सहरहरूमा प्रतिष्ठित होटल र आतिथ्य उद्योगमा कार्यरत छन्। यसको ज्वलन्त उदाहरण St. Joseph +2 बाट सन् 2022 मा उत्तीर्ण गरेकी छात्रा सिन्थिया पुरी हुन्, जो हाल USA को Radisson Hotel मा Food & Beverage Supervisor को रूपमा कार्यरत छिन्।
होटल म्यानेजमेन्टका लागि कुन +२ उपयुक्त ?
बिगत वर्षहरूको नतिजा र विद्यार्थी सङ्ख्या अनुसार हेर्दा, कुनै एक मात्र +2 विद्यालयलाई सबैभन्दा उपयुक्त भन्न गाह्रो छ। तथापि, उत्कृष्ट भौतिक पूर्वाधार, Food Production, Housekeeping, Front Office, Food and Beverage का लागि उच्च मापदण्ड र विशेष प्रयोगशालाहरू जस्ता सुविधाहरूको आधारमा विराटनगरका सेंट जोसेफ होटल म्यानेजमेन्ट क्षेत्रमा अग्रणी रहेको छ। यी कलेजहरूमा उच्च योग्यतासम्पन्न र अनुभवी शिक्षकहरू विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र व्यवहारिक अनुभव प्रदान गरिरहेका छन्।