भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर

<span class='c1'>भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया</span> <span class='c2'>काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर</span>

रौतहट । मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष कमलकुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको भन्दै मुद्दा अभियोजन गरेको थियो । प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र सूचना प्रकाशन गरी अभिलेख राख्ने काम भएको अख्तियारको अभियोजनपत्र उल्लेख छ ।सूचना प्रकाशनको भुक्तानी नगरपालिकाले केएस मल्टिपर्पस प्रालिलाई ३ लाख ५२ हजार ५६० रुपैयाँ गरेको अख्तियारको दाबी छ ।
अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले यादवलाई ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । तर लेखापाल अन्सारीलाई भने प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा भुक्तानी प्रक्रिया मात्र अघि बढाएको र उनीविरुद्ध ठोस प्रमाण नभेटिएको भन्दै सफाइ दिएको छ ।
नेपाल पत्रकार महासङ्घ बाराका पूर्व अध्यक्ष समेत रहेका उपाध्यायलाई मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा गत वैशाख ७ गते नियुक्त गरिएको थियो । तर, नियुक्तिको दुई दिनपछि वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्