भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो :सांसद नेपाली

<span class='c1'>भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु</span> <span class='c2'>लाचारीपनको संकेत हो :सांसद नेपाली</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै सांगांठ त छैन् भन्दै आशंका व्यक्त गरे ।

‘सरकारहरु फेरिन्छन् । मन्त्रीहरु फेरिन्छन् । तर मानव तस्करहरु सँधै उन्मुक्त किन हुन्छन् ? यो प्रश्न हाम्रो अगाडि गम्भीर रुपमा उभिएको छ । भिजिट भिसा प्रकरण अपराध मात्र होइन् । मानवताको घोर अपमान हो । दुःखको कुरा अपराधीलाई कारवाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ । यस्तो गम्भीर विषयमा पनि दुई ठूला दल किन मौन छन ? यो सरकारको आपराधीक गिरोहसँग कुनै सांठगांठ त छैन् । कि यो तपाईहरुको लाचारीपनको संकेत हो,’ नेपालीले सरकारलाई पश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्