धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

<span class='c1'>धनुषामा तीन जना सवार मोटरसाइकल</span> <span class='c2'>दुर्घटना, एकको घटनास्थलमै मृत्यु</span>

धनुषा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ ।

धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ । घाईते अन्य दुई जना युवक पनि सोही वडाका नाथपट्टिका रहेका छन् ।

बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरुले दुर्घटना भएको देखेपछि प्रहरीलाई खवर गरेको थियो । तत्कालै आएको प्रहरीले उनीहरुलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यू भइसकेको चिकित्सकले पुष्टि गरेको छ । थप विवरण आउन बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्