मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

<span class='c1'>मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक</span> <span class='c2'>औषधि उत्पादन गर्ने</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ ।

विश्वविद्यालयले मधुमेह सम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले सोमबार ‘उपकुलपतिसँग पत्रकार’ कार्यक्रम सञ्चालन गर्दै नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्दतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले चालु शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

उपकुलपति पोखरेलका अनुसार दश वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उहाँको भनाइ छ ।

उहाँले तह १ देखि तह ५ सम्मको ‘स्किल टेष्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेकोे धारणा व्यक्त गर्नुभयो । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरअन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले वि.सं. २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गर्नुभयो ।

विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि रु ३७ करोड बजेट माग गरेकामा रु १४ करोड मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गर्नुभयो । उहाँले कूल बजेटको शून्य दशमलव पाँच प्रतिशत मात्रै विनियोजन हुनु दुःखद् भएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्