रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन

<span class='c1'>रेडियोग्राफी पेशाको पक्षमा</span> <span class='c2'>ल्याइएको नीतिविरुद्ध प्रदर्शन</span>

काठमाडौं । सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन् । सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्याएको नीति स्वीकार्य नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले रेडियोग्राफी पेशाको पक्षमा स्वास्थ्य मन्त्रालयले ल्याएको नीति विभेदपूर्ण र अन्यायपूर्ण रहेको बताए । उनले भने, ‘डाक्टर र नर्सले मात्र अस्पताल चल्दैन । परिपूरकमा हामी छौं । स्वास्थ्य मन्त्रालयले ओएनएम फिर्ता गर्नुपर्छ । पुर्नसंरचनामा वैज्ञानिक तरिकाले दरबन्दी लिइएन भने हाम्रो मागहरु पूरा हुँदैनन् । माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा जान्छौ । अहिलेको नियम विभेदपूर्ण र अन्यायपूर्ण छ ।’

यसैगरी उनले रेडियोग्राफी र रेडियोलोजिलाई सरकारले दोस्रो दर्जाको रुपमा हेरिएको बताए । यस्तै, सरकारी रेडियोग्राफी संघ नेपालका महासचिव प्रकाश तिमल्सिनाले स्वास्थ्य मन्त्रालयले ल्याएको ओएनएम प्रस्ताव असमान र अवैज्ञानिक भएको बताए । उनले स्वास्थ्य सेवा नियमालीमा नै रेडियोग्राफी पेशा फरक समूह रहेको बताए । प्रदर्शनकारीहरुले ‘रिडियोग्राफर विना निधान अपुरो, हामीविना अस्पताल अपुरो’, ‘रेडियोग्राफी विभाग र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस’, ‘रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन’लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्