कृषि क्षेत्रको विकासका कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्छ :राष्ट्रपति पौडेल

<span class='c1'>कृषि क्षेत्रको विकासका कृषकलाई सहुलियतपूर्ण</span> <span class='c2'>कर्जाको व्यवस्था गर्नुपर्छ :राष्ट्रपति पौडेल</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि बजारीकरण र कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।उनले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्व गर्ने गरेको भन्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए ।

उनले भने, ‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ ।’ उनले थप भने,‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट आर्य कृषि फर्मका सुरेश कुमार मेहता, कोशी प्रदेशकै रमेश कृषि फर्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरत कुमार यादव, मधेश प्रदेशबाट निजगढ केरा एग्रिकल्चर फार्मका हिरा बहादुर थापा मगर, बागमतिबाट श्री कालिका पशु विकास केन्द्रका चेत प्रसाद ढकाल, बागमतिबाटै श्री ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकीबाट श्री ङवाङहिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्मका छिरिङ गुरुङ, गण्डकीबाटै श्री मित्र बाटिका कृषि फर्मका बाटुली तिवारी, लुम्बीनीबाट श्री जयपाल मौर्य, लुम्बिनीबाट श्री शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालिका सुवास कुर्मी, कर्णालीबाट श्री गोविन्द ओली र भरतनाथ योगी, सुदुरपश्चिमबाट खप्तड पशुपन्छी तथा कृषि फर्मका प्रेम प्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालिका लोकबहादुर थापालाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्