विराटनगरमा ‘तपाईको स्वास्थ्य महानगरको चासो’, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रणको नीति

<span class='c1'>विराटनगरमा ‘तपाईको स्वास्थ्य महानगरको चासो’,</span> <span class='c2'>सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रणको नीति</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण तथा सार्वजानिक स्थानमा सेवनलाई नियन्त्रण गर्ने नीति अगाडी सारेको छ ।'

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेट्दै नागरिकको स्वास्थ्य संरक्षण गर्ने दायित्वलाई कडाईपूर्वक पालना गराउने भनिएको हो ।

उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘तपाईको स्वास्थ्य महानगरको चासो’ मुल नारा दिएर यो अभियानलाई नगरवासीको हितका लागि कार्यन्वयन गरिने भनिएको छ ।

महानगरपालिकाले यस अगाडी समेत सुर्तीजन्य पदार्थको खुल्ला बिक्री वितरणलाई रोक्ने प्रयास गरेको थियो । तर, कानुन बनाएर रोक्न गरिएको प्रयास विरुद्ध उत्पादक अदालत पुगेका थिए । अदालतले महानगरपालिकाको अभियानको पक्षमा आदेश दिइसकेकोले आगामी दिनमा यसको कार्यन्वयनको कानुनी बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्