प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

<span class='c1'>प्रतिनिधिसभामा दुई</span> <span class='c2'>विधेयक स्वीकृत</span>

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।

त्यस्तै उहाँले नै प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।

उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्