कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै

<span class='c1'>कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले</span> <span class='c2'>ल्यायो बजेट, धरानमा विवाद कायमै</span>

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ ।
इटहरीको यस वर्षको बजेट भने गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको हो । चालु आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो ।

उता, धरान उपमहानगरपालिकाले भने आन्तरिक विवादका कारण बजेट ल्याउन सकेको छैन । त्यहाँ मेयर उपमेयरको विवादका साथै सदस्यरुको असन्तुष्टिका कारण बजेट प्रस्तुतिमा अन्यौलता छाएको हो । मेयर हर्कराज राई सामाजिक संजालमा लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२–३–८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !कोशी प्रदेशमा इटहरी र धरान गरि २ उपमहानगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्