मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा

<span class='c1'>मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना,</span> <span class='c2'>बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा</span>

रौतहट । मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नगरप्रमुखको नेतृत्वमा आएको बजेटले अब मौलापुरमा कुनै पनि कर लाग्ने छैन। विद्युत् र खानेपानी पनि नगरवासीले निःशुल्क पाउने व्यवस्था मिलाइनेछ। नगरमा सुरक्षाका लागि प्रहरीको सट्टामा ‘नगरमास्टर’ राखिनेछ भने स्वास्थ्य सेवा सहज बनाउन ‘नगरडाक्टर’ आउने छन्।‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।

दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ बनाइने भएको छ। यसले उनीहरूको आवास समस्या समाधान गर्ने विश्वास नगरले लिएको छ।
शिक्षा क्षेत्रमा निःशुल्क र गुणस्तरीय पढाइको व्यवस्था हुनेछ। साथै, स्थानीयलाई सहज उपचार सेवा दिन ‘मोडेल अस्पताल’ बनाइनेछ। कृषकहरूलाई सहयोग गर्न कृषि विकास कार्यक्रम र पशु अस्पताल खोलिने नगरपालिकाले जनाएको छ। अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति थियो। सबैले योजना व्यवहारिक र जनमुखी भएको प्रतिक्रिया दिएका छन्। नगरले आवश्यक बजेटको व्यवस्था गरिसकेको र छिट्टै कार्यान्वयन सुरु हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्