दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

<span class='c1'>दुई बालबालिकाको सेफ्टि</span> <span class='c2'>ट्यांकीमा खसेर मृत्यु</span>

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन ।

घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्