मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव

<span class='c1'>मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको</span> <span class='c2'>योजना बढी : सांसद यादव</span>

जनकपुर । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले बजेटमा बिचौलियाको योजना सांसदले दिएको योजना भन्दा बढी रहेको रेड बुकले अक्षरस्त प्रमाणित गरेको बताएका हुन्।

उनले योजना बाँडफाँटमा मन्त्रीहरुले खुलेआम मनमौजी गरेको आरोपसमेत लगाएका छन् । सांसद यादवले बजेटमा बहुवर्षीय र दिर्घकालीन योजनहरु समेटिनुको साटो पूर्व सरकारले बनाएको ट्रयक भन्दा अहिलेको प्रदेश सरकार एक पाइला पनि अघि बढ्न नसकेको बताए । उनले जटहीदेखि जनकपुर र भिठ्ठामोडदेखि जनकपुरसम्म कंन्क्रिटको देवाल निर्माण गरी मिथिला पेन्टिङको प्रवद्र्धन गर्न डिपिआर तयार गने प्रदेश सरकारले बजेट हालेको कुरा हास्यास्पद रहेको बताए । उनले यो खुलेआम पैसा खोन मधेश प्रदेश सरकारको मनसाय झल्काएको आरोप लगाएका छन् ।

सांसद यादवले हरित प्रदेश बनाउनुको साटो मधेश प्रदेश सरकारले कंन्क्रिट प्रदेश बनाउन खोजेको बताए । मेधश प्रदेशका जनताले चाहेको र अपेक्षा गरेको कुनै कुरा बजेटमा समावेश नगरिएको सांसद यादवले बताए । उनले अहिले विनियोजन विधेयक पास हुन बाँकी रहेकाले अहिले पनि बजेटमा परिमार्जन गर्न सकिने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्