चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

<span class='c1'>चार वटा संसदीय समितिको</span> <span class='c2'>बैठक बस्दै,यस्तो छन् कार्यसूची</span>

काठमाडौं । आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे ंिसंहदरबारमा बस्दै छ । बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरुसँग छलफल हुने छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बिहान ९ बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।

त्यस्तै,संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका माननीय सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्