राष्ट्रियसभाको बैठक बस्दै

<span class='c1'>राष्ट्रियसभाको बैठक</span> <span class='c2'>बस्दै</span>

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।
त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्