पर्सा । जिल्ला अदालत पर्सामा बुधबार प्रहरीमाथि हातपात गर्ने पर्सागढी नगरपालिका–६ का अध्यक्ष नवलकिशोर साह पक्राउ परेका छन् । बुधबार दिउँसो करिब २ बजे अदालतको मूल गेटमा खटिएका सुरक्षाकर्मीले सामान्य सोधपुछ गर्दा अध्यक्ष साहले उनीहरूमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए । प्रहरीको भनाइ अनुसार, साहमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुनेछ ।
पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले साहमाथि कानुनी कारबाही प्रक्रिया प्रारम्भ भएको जानकारी दिएका छन् । सार्वजनिक स्थानमा खटिएका सुरक्षाकर्मीमाथि जनप्रतिनिधिबाट भएको दुव्र्यवहारलाई गम्भीर रूपमा लिँदै प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।